६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासीमाथि ज्यादती भयोः सांसदहरू



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले बिनातयारी सुकुम्बासी बस्ती खाली गराएको भन्दै आपत्ति जनाएका छन् ।सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । बिना तयारी र पूर्वसूचना समेत नदिई सुकुम्बासी बस्ती हटाउँदा बालबालिका र परिवारहरूमा मानसिकदेखि दैनिक आधारभूत समस्या परेको उनीहरूको भनाइ छ ।

बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकार अमानवीय तरिकाले अघि बढेको आरोप लगाए। उनले साना बालबालिका रातभर रोइरहेको, परिवारहरू विस्थापित भएको तथा हृदयविदारक दृश्यहरू सार्वजनिक भएको उल्लेख गर्दै यसको जति आलोचना गरेपनि कम हुने बताए ।

रिजालले प्रधानमन्त्रीकै निर्देशनमा कुनै वैकल्पिक व्यवस्था नगरी, कम्तीमा एक हप्ताको समयसमेत नदिई बस्ती खाली गराइएको भन्दै सुरक्षाकर्मी परिचालनमार्फत सुकुम्बासीमाथि ज्यादती गरिएको आरोप पनि लगाए । उनले समितिले यस विषयमा गम्भीर चासो लिएर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुपर्ने माग गरे ।

“उनीहरूले रातभरि निदाउन सकेको अवस्था देखिँदैन साना साना बालबालिकाहरु रोइरहेका छन् । जुन खालको ह्रदयविदारक भिडियोहरु हामीले हेर्नुपरेको छ । यसको जति आलोचना गरेपनि कम हुन्छ । सरकारले बिना कुनै तयारी सुकुम्बासी बस्ती खालि ग¥यो । कम्तिमा एक हप्ताको पनि समय नराखिकन हठा्ट ढंगले खालि गर्नु भनेर प्रधानमन्त्रीले नै जुन खालको निर्देशन दिनुभयो । र आतंकित पार्ने गरी सुरक्षाकर्मी परिचालन गरेर सुकुम्बासीको नाममा जुन खालको ज्यादति भएको छ यो समितिले यस विषयमा बुझोस् । हामीले त्यो ठाउँहरुको स्थलगत अनुगमनको लागि जानुपर्‍यो भनेर म समिति सभापतिज्यूको ध्यानाकर्षण पनि गराउन चाहन्छु,”उनले भने ।

लोकतान्त्रिक समाजवादी पाटी, नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारका पछिल्ला कार्य र केही निर्णयहरूले मुलुकमा नकारात्मक प्रभाव मात्रै बढाएको टिप्पणी गरे। सरकारप्रति देशभर असन्तुष्टि बढ्दै गएको बताए । ठाकुरले प्रधानमन्त्रीले मधेसको समस्या काठमाडौं नआई स्थानीय तहबाटै समाधान हुने अभिव्यक्ति दिएको स्मरण गराउँदै वास्तविकता त्यस्तो नभएको जिकिर गरे। साथै, क्षेत्र विकासका लागि सांसदहरूलाई दिइने बजेट हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय सच्याउन सरकारसँग माग गरे। बैठकमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी बस्ती खालि गराएकोप्रति सरकारको आलोचना गरे।