३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक तानाशाहीतर्फ उन्मुख, अधिकार खोसेर जनता कमजोर बनाइयोः महन्थ ठाकुर



अ+ अ-

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आशंका गरेका हुन् । जनसङ्ख्याको आधारमा अथवा राजश्वको अनुपातमा केन्द्रबाट क्षेत्रले पाउनुपर्ने बजेट थोरै भएको भन्दै ठाकुरले चिन्ता व्यक्त गरे। प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल–कलेजहरू र अदालतको कम्पाउण्डलाई अहिले ब्यान गरिएकोमा उनले आपत्ति जनाए ।

उनले जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने तर्क गरे। इतिहास नष्ट गरेर कुनैपनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ । मधेसको समस्या काठमाडौं आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उनले बताए । प्रधानमन्त्री र मन्त्रीहरू भेट्न समय नपाउने गरी व्यस्त देखिएको तर जनताको समस्या समाधानमा गम्भीर नभएको उनको आरोप छ ।

“जसले गर्दाखेरि उ सबै क्षेत्रमा चाहे शिक्षा होस्, स्वास्थ्य होस्, विस्तारै पछि पर्दै गएको छ । विकास अगाडि बढ्नुको साटो पछि परेको देखिन्छ । आज ती सबैलाई ब्याण्डक गरिएको छ, खारेज गरिएको छ । के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ ? निजी क्षेत्रका व्यवसायीको घरमा आगो लगाउने, लुट्ने र विना स्पष्ट कारण गिरफ्तार गर्ने कार्य भइरहेको छ । यो सरकारले आफूलाई जेन–जी सरकार भन्छ, वास्तवमा जेन–जी के हो ? के हाम्रो जेनेरेसन खत्तम हो र अहिलेको मात्र सही हो ?,”उनले भने ।

सांसद विकास कोष (क्षेत्र विकास कार्यक्रम) हटाइएकोमा ध्यानाकर्षण गराउँदै उहाँले ‘मिडियाले सांसदको काम विकास गर्ने होइन भन्ने तर जिल्ला जाँदा जनताले के ल्याउनुभयो भनी सोध्ने गरेको बताए । उनले बजेट विनियोजनको तरिकामा सुधार हुनुपर्ने र क्षेत्र विकासको बजेट पुनः सुचारु हुनुपर्ने माग गरे।