२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नाइ सुपर किंग्स फेरि पराजित, गुजरातको शानदार जित



अ+ अ-

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज साँझ भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नाई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाई सुरुदेखि नै दबाबमा परेको थियो । एक समय ३७ रन बनाउँदै चेन्नाईले ४ विकेट गुमाइसकेको थियो । तर कप्तान रुतुराज गायकवाडले ७४ रन बनाएपछि टिमको स्कोर १५८ रन भएको थियो ।

जितका लागि १५९ रनको मध्यम लक्ष पाएको गुजरातले २ विकेट गुमाएर पूरा गरेको थियो । गुजरातका लागि प्रारम्भिक ब्याटर साई शुदर्सनले शानदार रूपमा ८७ रन बनाएका थिए भने जस बटलरले ३९ र कप्तान शुभमन गिलले ३३ रन बनाए ।

यो जितसँगै ८ खेलबाट ८ अंक जोड्दै गुजरात पाँचौं स्थानमा उक्लिएको छ भने चेन्नाई सुपर किंग्सले ८ खेलबाट ६ अंक सहित छैटौं स्थानमा छ ।

आज साँझ कोलकाता नाइट राइडर्स (केकेआर) र लखनऊ सुपर जाइन्ट्स बीच हुँदैछ । यो खेल अहिले ७.४५ बजेदेखि लखनऊको खेल मैदानमा हुनेछ ।

लखनऊ र केकेआर दुबै नवौं र दशौं स्थानमा छन् । यी दुबै टिम लगभग प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।