३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ । अक्टोबरको युद्धविरामको बावजुद, इजरायली आक्रमण जारी रहँदा गाजाले दैनिक हिंसाको सामना गर्न बाध्य छ भने इजरायली सेना र हमास दुवैले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाएका छन् ।

खान युनिसको अल–मवासी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । उत्तरी गाजाको बेत लाहियाको कमल अदवान अस्पताल नजिकैको आवासीय घरमा भएको इजरायली आक्रमणमा आमा र दुई बच्चासहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायली विमानले गाजा सहरको प्रहरी गस्तीमा प्रहार गर्दा दुई जना प्रहरी अधिकारीेको ज्यान लिएको अन्य दुई जना घाइते भएको जनाइएको छ । गाजाको अल–सिफा र नासेर अस्पतालले पीडितहरुको नाम प्रकाशित गर्दै मृत्युकको सङ्ख्या पुष्टि गरेको छ ।

युद्धविराम सुरु भएदेखि कम्तिमा ७९२ जना प्यालेस्टिनीहरुको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै गरी इजरायली सेनाले युद्धविराम सुरु भएदेखि गाजामा पाँच जना सैनिक मारिएको जनाएको छ ।