८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसीमा गगन जाँदा गएनन् शेखर, तर छुट्टै भेला भने गरिरहेकै छन्



अ+ अ-

काठमाडौँ । कोसी प्रदेशस्तरीय कांग्रेसको समीक्षा बैठक हिजो बिराटनगरमा आयोजना भएको थियो । सो भेलामा प्रमुख अतिथि थिए सभापति गगन थापा । तर आफ्नै गृहनगरमा भएको सो बैठकमा कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला भने गएनन् ।

नेता कोइराला हिजोआज विराटनगरमै छन् । तर पनि हिजो मात्र आफ्नो पार्टीले आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा भने अनुपस्थित रहे । सर्वोच्च अदालतले गगन पक्षीय कांग्रेसलाई वैधानिकता दिएको विषयको भने उनी पक्षमा नै थिए । कोइराला पक्षले पनि सर्वोच्चको आदेश स्वीकार गर्ने निष्कर्ष पनि निकालेको थियो ।

तैपनि पार्टीको संस्थापनइतर पक्षमा भने अझै पनि अन्योल देखिएको छ । हिजोको सोही कार्यक्रममा पनि संस्थापनइतर पक्षमा असन्तष्टि नै देखिएको छ । सो भेलामा डा कोइराला त गएनन् नै, तर अरु पनि उनी पक्षका नेता कार्यकर्ताहरु त्यहाँ निकै कममात्र उपस्थित थिए ।

यद्यपि हिजोको सो कार्यक्रममा कोइरालानिकट नेता मीनेन्द्र रिजालदेखि सरिता प्रसाईंसम्म भने सहभागी भएका थिए ।

उनलाई कार्यक्रममा आउन सभापति थापाले फोन पनि गरेका थिए । तर पनि बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा पुगेका मीनेन्द्र रिजाल र रामहरि खतिवडालाई कोइरालाले आफू कार्यक्रममा नआउने जानकारी गराएका थिए ।

उता डा कोइरालाले आफू निकटका नेताहरुको बैठक भने विराटनगरमा गरिरहेका छन् । केही दिनयता विराटनगरमा रहेका उनले त्यहीँ प्राय दिनहुँजसो आफू पक्षका नेताहरुको बैठक गरिरहेका बताइएको छ ।