३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पहिलो पटक विद्यालयस्तरीय खुल्ला हक्की प्रतियोगिता हुने



अ+ अ-

काठमाडौं । भक्तपुर जिल्ला हक्की संघको आयोजनामा पहिलो पटक ‘खुल्ला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने तथा हक्की खेलको आधार सुदृढ बनाउने उद्देश्यसहित प्रतियोगिता आगामी वैशाख ११ (भाेलि) र १२ गते सञ्चालन गर्न लागिएको हो।

संघका अध्यक्ष पुष्कर केसीका अनुसार प्रतियोगितामा मधेश, गण्डकी र वागमती प्रदेशका ६ विद्यालयका १० टोली (महिला तथा पुरुष) सहभागी हुने निश्चित भएको छ। सहभागी टोलीहरूमा मधेश प्रदेशबाट २ महिला र १ पुरुष, गण्डकी प्रदेशबाट २ पुरुष र १ महिला तथा भक्तपुर जिल्लाबाट २ पुरुष र २ महिला टोली रहेका छन्।

प्रतियोगितामा जया सेकेण्डरी बोर्डिङ स्कुल, ज्ञान बगैंचा इङलिस बोर्डिङ स्कुल, श्री राष्ट्रिय आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय, गुण्डु इङलिस सेकेन्डरी स्कुल र श्री जनता माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

अध्यक्ष केसीले यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा हक्की खेलप्रति आकर्षण बढाउनुका साथै लुकेर रहेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “विद्यालय स्तरमै यस्ता प्रतियोगिता आयोजना गर्नु हाम्रो लागि नयाँ सुरुवात हो, जसले हक्की खेलको भविष्य बलियो बनाउन सहयोग पुर्‍याउनेछ,” उनले भने।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले भक्तपुरमा खेलकुद गतिविधि बढाउने र हक्की खेलको लोकप्रियता विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ।