१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक



अ+ अ-

काठमाडौैंं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पार्नुभएको छ ।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जित्नुभएको हो । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याउनुभएको थियो ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पार्नुभयो । उहाँले ८.०६० अङ्क प्राप्त गर्नुभएको थियो ।

त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पार्नुभयो । उहाँले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाउनुभएको हो ।