१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार

महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत सडकमा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न संरचनात्मक तथा दृश्यात्मक सुधारका कामहरू अघि बढाइएको छ । सडकका जोखिमयुक्त तथा व्यस्त स्थानमा ट्राफिक साइनबोर्ड राख्ने, डेलिनिएटर पोस्ट जडान गर्ने र सडक पेन्टिङ गर्ने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीका अनुसार ठेक्का प्रक्रियामार्फत कार्यक्रम कार्यान्वयन भइरहेको छ । “पूर्वाधार निर्माण सेवा प्रालिसँग रु ३१ लाख १२ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ”, उनले भने, “सम्झौताअनुसार ५५ वटा ट्राफिक साइनबोर्ड राख्ने कार्यसँगै एक हजार २१९ वटा डेलिनिएटर पोस्ट जडान तथा आवश्यकताअनुसार सडक पेन्टिङको कार्य भइरहेको छ ।”

विशेषगरी रातको समयमा तथा खराब मौसममा सवारी चालकलाई मार्ग स्पष्ट देखाउन डेलिनिएटर पोस्ट र सडक पेन्टिङ अत्यन्त उपयोगी हुने उनको भनाइ रहेको छ । त्यस्तै, ट्राफिक साइनबोर्डले सवारी चालकलाई समयमै सूचना दिइ दुर्घटना जोखिम घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

सडक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य तीव्र गतिमा हुने दुर्घटनालाई नियन्त्रण गर्नु, सवारीसाधन सञ्चालनलाई सुरक्षित बनाउनु र यात्रु तथा पैदलयात्रीको ज्यान जोगाउनु रहेको छ । यसले सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नुका साथै अनुशासित सवारी सञ्चालनमा पनि टेवा पु¥याउने विश्वास गरिएको छ ।

पछिल्लो समय पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा दुर्घटनाका घटना बढ्दै गएका सन्दर्भमा यस्तो कार्यक्रम प्रभावकारी हुने र भौतिक पूर्वाधार सुधारका कामले दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।