१८ श्रावण २०८३, सोमबार
,
Latest
नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन ​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससले निर्वाचनसम्बन्धी प्रतिवेदन निर्वाचन आयोगलाई बुझायो



अ+ अ-

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस)ले सम्प्रेषण गरेका समाचार सामग्री सङ्ग्रहित प्रतिवेदन निर्वाचन आयोगसमक्ष प्रस्तुत गरिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई राससका अध्यक्ष उदयबहादुर रानामगरले राससबाट सम्प्रेषित निर्वाचनसम्बन्धी समाचार, अन्तर्वार्ता, तस्बिर श्रव्यदृश्यसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन्।

एक हजार १२८ पृष्ठको प्रतिवेदनमा नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल र अवधी भाषामा सम्प्रेषित समाचारहरु र एक हजार ४०० वटा तस्बिर समेटिएका छन् । प्रतिनिधिसमा निर्वाचन, २०८२ को तयारीस्वरुप राससले छुट्टै निर्वाचन डेस्क स्थापना गरेर यससम्बन्धी समाचारहरूको समन्वय र सम्प्रेषण गरेको थियो ।

निर्वाचन प्रारम्भ हुने दिन आममतदाताको स्मृतिमा रहोस् भन्ने उद्देश्यले १०० दिन अघिदेखि नै राससले आफ्नो वेबसाइटमा निर्वाचन हुन यति दिन बाँकी अर्थात् ‘काउन्टडाउन’ सुरु गर्नका साथै प्रत्येक दिन पहिलो समाचार निर्वाचनसम्बन्धी सम्प्रेषण गरेको थियो ।

निर्वाचन आयोगसँगको समन्वयमा राससले आफ्नो ६५औँ वार्षिकोत्सवको सन्दर्भ पारेर काठमाडौँसहित सातै प्रदेशमा निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण र अन्तरक्रिया आयोजना गरेको थियो ।

त्यस अवसरमा निर्वाचन डेस्क प्रमुख एवं प्रमुख समाचारदाता एकराज पाठकले प्रतिवेदनबारे जानकारी दिँदै निष्पक्ष रूपमा निर्वाचन गराउने सरकार र आयोगको प्रतिबद्धताअनुरुप राससले प्राथमिकताका साथ काम गरेको बताए  ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा निर्वाचन आयु्क्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका महाप्रबन्धक सन्दीप राई, प्रबन्धसम्पादक उत्तम सिल्वाल, आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार ब्यूरो प्रमुख नारायणप्रसाद न्यौपाने थिए ।