१८ श्रावण २०८३, सोमबार
,
Latest
​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख राम केवल रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएवापत विभिन्न बहाना बनाइ सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा रायविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु १९ हजार बिगो कायम गरी सोही बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको छ ।