२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमले यी वस्तुको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको जनाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेकाे आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ तथा मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।
भारतमा समेत भारत सरकारले पेट्रोलियम वस्तुको मूल्य बढाएपछि त्यसकाे असर नेपालमा परेकाे निगमकाे भनाइ छ ।