१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमले यी वस्तुको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको जनाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेकाे आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ तथा मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।
भारतमा समेत भारत सरकारले पेट्रोलियम वस्तुको मूल्य बढाएपछि त्यसकाे असर नेपालमा परेकाे निगमकाे भनाइ छ ।