७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
अ+ अ-

धनुषा। जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ ।

जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस  पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ । गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा पनि असर परेको छ । सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ ।

स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ । रासस