१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई छैटौं पटक कीर्तिमानी बालोन डी’ओर अवार्ड, रोनाल्डो भने दोस्रो स्थानमै



अ+ अ-

बार्सिलोनाका फरवार्ड फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै स्टार मेस्सीले अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डीुओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितिसकेका छन् ।

मेस्सीपछि रोनाल्डो ५ पटक अवार्ड जित्दै देस्रो स्थानमा रहेका छन् । मेस्सीलाई फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्डमा भने अमेरिकी खेलाडी मेगन रापोनीले जितेकी छिन् ।

उत्कृष्ट गोलकिपर अवार्ड लिभरपुलका एलिसन बेकरले जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गर्ने गरिन्छ ।