७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग

‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’

‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’
अ+ अ-

रसुवा। ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन चेतनाका विविध कार्यक्रम आयोजना गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले ३१औँ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न गरेको छ ।

सप्ताह कार्यक्रमअन्तर्गत जनचेतनामूलक–र्याली तथा प्रवचन र जङ्गलको अवलोकनसमेत लागायतका कार्यक्रम आयोजना गरिएका थिए ।

सो अवसरमा वन, वन्यजन्तु तथा समग्र जैविक विविधता संरक्षणको महत्व, वन वनस्पति र मानवप्रति गरिने सम्बन्धलगायतका विषयमा जागरण गराइएको सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संरक्षण अभियन्ता, स्थानीय बासिन्दा, विभिन्न सङ्घ–संस्था, निकुञ्ज कर्मचारी तथा वन्यजन्तु सुरक्षामा अहोरात्र खटिने नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो ।

जङ्गल क्षेत्रमा प्रवेश गर्दा निकुञ्जको अनुमति अनिवार्य लिनुपर्ने, वनस्पति काट्न वा नास्न नपाइने, वन वनस्पति नासे मासेमा त्यसबाट हुने असरको चेतना अभिवृद्धि गराउँदै समग्र जैविक विविधताको संरक्षण, वन्यजन्तुप्रति सकारात्मक व्यवहार अपनाउने तथा साथी लिएर मात्र जङ्गल प्रवेश गर्ने संस्कार विकासमा टेवा पुगेको जनाइएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले समुदायको सहभागिता बढ्दै जाँदा संरक्षण अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लासम्म फैलिएको निकुञ्ज क्षेत्रमा पछिल्लो समय सुरक्षा र संरक्षण गतिविधि प्रभावकारी बन्दै गएको छ ।

निकुञ्जका रेञ्जर केशव ढोडारीले हिमाली भेकको जैविक विविधता संरक्षण काम भैराखेको बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ लागू गरेपछि संरक्षित क्षेत्र व्यवस्थापन व्यवस्थित हुँदै हो । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र तथा दुई वन्यजन्तु सिकार आरक्ष रहेका छन् । रासस