१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भर्खरै थाउलोमा नेपाललाई थप दुई स्वर्णपदक, नेपाल शिर्षस्थानमा



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुनः नेपालले
उसुमा थप दुई स्वर्ण पदक जित्न सफल भएको छ । उसुको थाउलोमा नेपालका लागि विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक दिलाएका हुन् ।

खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो दिनमै १५ स्वर्णपदक हात पारेको थियो ।