१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुवाथोलनमा हिमालले नेपाललाई दिलाए स्वर्ण, अहिलेसम्म १७ स्वर्ण नेपालको पक्षमा



अ+ अ-

कास्की । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भइरहेको खेलहरुमध्ये नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ ।

आज (मंगलबार) पोखरामा आयोजित प्रतियोगितामा हिमाल टमाटाले दुवाथोलनमा स्वर्णपदक नेपालको पोल्टामा पारेका हुन् ।

यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक पनि नेपाललाई नै दिलाएका छन् । अन्य खेलहरु जारी नै छन् । यो संगै नेपालले हालसम्म १७ स्वर्ण पदक जितिसकेको छ ।