८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र

एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
अ+ अ-

लमजुङ। समुद्र सतहदेखि एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबार पुनःनिर्माण एकवर्षदेखि अलपत्र छ ।

लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँसहरमा १६औँ शताब्दीमा बनेको यस दरबारको पुनःनिर्माण १३ महिनादेखि अलपत्र भएको हो । पुरातत्व विभागले मौखिक रूपमा दुई वर्षमा सम्पन्न गर्ने गरी काम थालेकामा पाँच वर्ष पुग्दा पनि सम्पन्न नभएको स्थानीय बताउँछन् । स्थानीय सुरेश श्रेष्ठले भन्नुभयो, “हामीलाई दुई वर्षमा सक्ने भनेर दरबारको पुनःनिर्माण सुरु गरेको थियो । यतिका वर्ष हुँदा काम नै सम्पन्न हुनु त कता हो कता यस वर्षको बजेटको काम सुरु नै हुन सकेको छैन ।”

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले दरबारको पुनःनिर्माण हुननसक्दा पटकपटक पुरातत्व विभागलाई काम सुरु गर्न आग्रह गरेको बताउनुभयो । तर विभागले जहिले सरकारले आवश्यक बजेट विनियोजन नभएकाले ढिलाइ हुने गरेको जानकारी दिने गरेको उहाँको भनाइ छ ।

पुरातत्व विभागका इञ्जिनियर गोविन्द अधिकारीले सो दरबारको पुनःनिर्माण गर्नका लागि पर्याप्त बजेट उपलब्ध नहुँदा बर्सेनि थोरैथोरै मात्र काम हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा देशमा भएको जेनजी आन्दोलन, टेण्डर प्रक्रियालगायत विविध कारणले पुनःनिर्माण सुरु हुन ढिलाइ भएको हो ।

हाल टेण्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको र चाँडै पुनःनिर्माण अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार ए वान कम्पनी काठमाडौँले करिब ४२ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

शाहवंशीय राज्यको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत मानिन्छ लमजुङ दरबारलाई । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएको इतिहास छ ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएका थिए । सो घटनापछि उनीहरुले कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनःकास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए ।

यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको दरबार परिसरको शिलालेखमा उल्लेख छ । रासस