१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु



अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा आजदेखि ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८३’ सुरु भएको छ ।

सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन् । जसले आकर्षक पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कलाकारहरुले सो क्षेत्रमा १५ दिन बसेर ढुङ्गालाई मूर्तिमा ढाल्ने छन् ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “हामीले घरपझोङमा विभिन्न आकारका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला सिर्जना गर्नुहुने छ, यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका रहेको छ ।”

१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा ३० कलाकारको सहभागिता रहेको छ ।   रासस