१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौँ।  नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई खेलमध्ये टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालमा पहिलो पटक फ्लड लाइटमा अन्तरराष्ट्रिय खेल हुन लागेको हो । यद्यपि यसअघि घरेलु प्रतियोगिता एनपिएल भने फ्लड लाइटमा खेलाइएको थियो । विश्वकपपछि नेपाली टोलीले अन्तरराष्ट्रिय खेल खेल्दैछ । नेपाल र युएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

युएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । ‘हेड टु हेड’मा नेपाल र युएई हालसम्म टि ट्वान्टीमा ११ पटक आमनेसामने भएका छन् । जसमा  नेपालले ६ पटक जितेको छ भने युएई पाँच खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११ मा  कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सुन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, बासिर अहमद, गुलशन कुमार झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी छ्न ।

युएईको प्लेइङ ११ मा कप्तान मुहम्मद वसीम, अदीब उस्मानी, (विकेटकिपर) अलीशान शरफु, हरप्रीत भाटिया, सोहैब खान, अक्षदिप नाथ, मुहम्मद अरफान, खुजैमा बिन तन्भीर, मुहम्मद जुहैब, हैदर अली र जुनैद सिद्दिकी छन् ।