१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक



अ+ अ-

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पार्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाउनुभयो । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जित्नभयो । सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पार्नुभएको हो ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाउनुभएको थियो । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जित्नुभएको थियो । योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।