८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरियो’



अ+ अ-

काठमाडा । विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथिनै प्रहार भएको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका विरुद्धमा लड्नुपर्ने उनको भनाई छ । उनले भने,‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ । गुरुहरुले गल्ती गर्नुभएको छ भने कानूनी रुप बराबरले गल्तीको सजाय पाउनुपर्छ । तर, हाम्रो हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरिएको छ । यहाँ एउटा गुरुको मात्रै बद्नाम भएन् । हाम्रो संस्कार र देवभक्तिको नै बद्नाम भएको छ । यसलाई बचाउनुपर्ने दायित्व सम्पूर्ण विद्यार्थी वर्ग, प्राविधिक शिक्षा हासिल गरेका चिकित्सक, ईन्जिनियरहरु सबै, पत्रकारहरुले पनि कलम चलाउनुपर्ने अवस्था आएको छ ।’

उनले भने,‘हामीहरुले छिमेकी–छिमेकी भक्तजनहरुलाई दोष देखाएर दुई छिमेकी भक्तले मात्रै संस्कार मान्ने गरेका छौं । हाम्रो धर्म मान्ने गरेका छौं । अन्य सृष्टिका भक्तले यो दुई देवलोकलाई सिध्याउने रणनीति गरेको हो कि भन्ने लक्षण देखिएको छ । सम्पूर्ण न्यायप्रेमीहरुले कलम चलाउनुपर्यो । स्वर्गजस्तो सुन्दरताको शान्तिको विपुल फुकौं ।’

उनले भने,‘देवलोकलाई युद्धभूमी नबनाऔं ।’ उनले कुनै धर्म गुरु पक्राउ पर्दैमा त्यसलाई ढाकछोप गर्ने आफ्नो नियत नरहेको पनि स्पष्ट पारे । उनले थपे,‘हिन्दू धर्मलाई बचाउनुपर्छ । तर, दोषी जोसुकै होस, राजाले गल्ती गरेपनि, राष्ट्रपति, प्रधानमन्त्री, वा मन्त्रीहरुले गल्ती गरे उनीहरुलाई पनि कानूनी दायराभित्र ल्याउनुपर्छ ।’

उनले विश्वकै सृष्टि र धर्म बचाउनको लागि आफूले फूलको चक्र चलाईरहेको पनि जानकारी दिए । उनले भने,‘यो अन्य लडाईको चक्र होईन, मैले फूलको चक्र चलाईरहेको छु । कोही पनि आँत्तिनुपर्दैन् । मैले सबैको मन मनमा शान्ति छाओस् भनेर नै भर्खरै दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको छु । र, विश्व जगत नै शुभ शान्तिको लक्ष्य होस् भन्ने कामना गर्दै पूजा गरेको छ ।’