१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो



eQmk’/, @% kmfu’g M ;”o{ljgfos gu/kflnsf–* l;kf8f]nl:yt s]bf/gfysf] lz/ 8f]n]Zj/ dxfb]j dlGb/df dxflzj/flq d]nfdf k”hfcr{gf ug{ cfPsf] bz{gfyL{sf] eL8 . tl:a/ M /d]z lu/L÷ /f;;
अ+ अ-

भक्तपुर। भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ ।

अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चारवटै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नतले जानकारी दिनुभयो ।

आज बिहान ४ः०० बजेदेखि चारवटै ढोका खुल्ला गरी दर्शनार्थीलाई मन्दिरका चारै ढोकाबाट प्रवेश गरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

समितिले अक्षय तृतीयाका दिन, भदौ ६ गते, महाशिवरात्रिमा गरी वर्षमा तीन दिन भने मन्दिर भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गर्दै आएको छ ।

मेलामा भीड व्यवस्थापनका ४० जनालाई स्वयंसेवक परिचालन गरेको छ । दर्शनार्थीलाई लाइनमा लागेको ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । रासस