७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
अ+ अ-

खोटाङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ ले सात बुँदे ‘दिक्तेल घोषणापत्र-२०८३’ जारी गरेको छ ।

सम्मेलनले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवर्द्धन, मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सात बुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गरेको हो ।

दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न तीनदिने अन्तरराष्ट्रिय सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तरराष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहितको दिक्तेल घोषणापत्र जारी गरेको हो ।

स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस-निगालो, खर्क, खोला खोल्सी, तालतलैया, जरीबुटी, पोखरी र जैविक मार्गको पुनः स्थापना तथा दिगो व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नेतृत्वमा लोपोन्मुख प्रजाति रेडपाण्डा (हाब्रे) र थारको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै सहभागितामूलक विशेष संरक्षण नमूना कार्यक्रम सञ्चालन गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।

प्रकृति र संस्कृतिबीचको अन्तरसम्बन्धलाई सुदृढीकरण गर्दै किरात संस्कृति तथा मुन्दुमी सभ्यताको संरक्षण एवं प्रवर्द्धन, मुन्दुम ट्रेल (पदमार्ग)सँग जोड्न रेडपाण्डा-थार पदमार्ग तथा अन्य ऐतिहासिक-सांस्कृतिक पदमार्गहरूको विकास, स्थानीय पथप्रदर्शक उत्पादनका लागि प्रशिक्षण तथा समुदायमा आधारित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गरेर पर्यापर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।

परम्परागत ज्ञान, सीप र अभ्यासलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बन गरी जलवायु परिवर्तन र विपद्का जोखिम न्यूनीकरण गर्ने अन्तरराष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

बाँदरसहित जङ्गली जनावरका सन्दर्भमा समस्या तथा जङ्गली जनावारको पहिचान गरी पूर्वसूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बिमा एवं क्षतिपूर्ति प्रणाली, वन्यजन्तुबाट कम हानी नोक्सानी हुने खेतीबाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली स्थापना गरी मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै सह-अस्तित्व कायम गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

शैक्षिक तथा अनुसन्धानमूलक सङ्घसंस्थाहरूको सहकार्यमा पहिचान भएका वन्यजन्तुको अनुगमन तथा आहार-बिहारसम्बन्धी प्रभावकारी अध्ययन अनुसन्धान गर्दै हिमाली जैविक विविधताको संरक्षण, संवर्द्धन र ज्ञान अभिवृद्धि गर्नेसमेत अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

घोषणपत्रमा उल्लेख गरिएका संरक्षणका कार्यक्रम सञ्चालन गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार, संरक्षण साझेदार संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य सरोकार भएका निकायहरूसँग सहकार्य गर्ने उल्लेख छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीको सहभागिता थियो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू-संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

प्रथमपटक आफ्नो जिल्लामा आयोजना गरिएको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सफलतापूर्वक सम्पन्न भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । विश्वमा जलवायु परिवर्तनका कारण आएका सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वातावरणीय परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएकाले समस्या समाधानका विकल्प पहिचान गर्न सम्मेलन प्रभावकारी भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने अपेक्षा गरिएको छ”, नगरप्रमुख भट्टराईले भन्नुभयो, “अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न देशका विषय विज्ञलाई सहभागी गराइएको थियो । आफ्नो जिल्लामा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

नगरप्रमुख भट्टराईका अनुसार यही वैशाख ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गरेका छन् । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिएका उहाँले बताउनुभयो ।

स्वदेश तथा विदेशका विषय विज्ञको सहभागिता रहेको अन्तरराष्ट्रिय सम्मेलनस्थलमा प्रदर्शनीका लागि राखिएका लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका कलाकार शम्भू राईले बाँसको भाटा तथा चोया प्रयोग गरेर निर्माण गर्नुभएको रेडपाण्डा र थारको कलात्मक चित्रमा तस्बिर खिचाउने तथा टिकटक र रिल, भिडियो बनाउने सर्वसाधारणको घुइँचो लागेको थियो ।

अन्तरराष्ट्रिय सम्मेलनको अवसरमा दिक्तेल बजारमा ¥याली प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा दिलीप सुब्बाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।  रासस