७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

नेपाल–यूएई श्रृंखलाः युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुअर्ट ल

नेपाल–यूएई श्रृंखलाः युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुअर्ट ल
अ+ अ-

काठमाडौँ। नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले यूएईविरुद्धको आसन्न श्रृंखलाका लागि टोली उत्साहित रहेको र नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने यो उत्कृष्ट अवसर भएको बताएका छन् ।

घरेलु मैदानमा फ्लडलाइटमुनि (रातीको समयमा) हुने पहिलो श्रृंखलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक लले टोलीको परिवर्तन, रणनीति र भावी योजनाबारे जानकारी दिएका हुन् ।

विश्वकप टोलीको तुलनामा पाँचवटा परिवर्तनसहित आएको ‘नयाँ लुक्स’ को टोलीबारे प्रशिक्षकले स्पष्ट पारे । यो छोटो समयको समाधान मात्र नभई क्षमतावान युवाहरूलाई अवसर दिने योजना रहेको उनको भनाइ छ ।

उनकाअनुसार, ‘यी खेलाडीहरूले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो स्थान सुरक्षित गरेका हुन् । नेटमा मात्र खेलाडीको पूर्ण क्षमता देखिँदैन, उनीहरूलाई दबाबपूर्ण अन्तर्राष्ट्रिय खेलमा हेर्नु आवश्यक छ ।’

टी–२० विधामा दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तानका रूपमा अघि सारिएको बताउँदै प्रशिक्षकले मैदानमा टोली कप्तानले चलाउने भएको बताए ।

प्रशिक्षकले केवल मार्गदर्शन दिनभएको र दीपेन्द्र टोलीका उत्कृष्ट खेलाडी भएको बताए । उनले कप्तान नहुँदा पनि नेतृत्वदायी भुमिका निभाउँदै आएका छन् । यो उनको करियरको नयाँ र महत्वपूर्ण कदम भएको प्रशिक्षको भनाइ छ ।

टोलीमा बायाँहाते अलराउण्डरहरूको बाहुल्यता छ । कुशल भुर्तेल, सन्तोष यादव हुनुको पछाडि विपक्षी टोली यूएईको बलिङ आक्रमणलाई निस्तेज पार्ने रणनीति रहेको प्रशिक्षकले बताए । यूएईसँग धेरै बायाँहाते स्पिनरहरू भएकाले त्यसलाई ‘काउन्टर’ दिन बायाँहाते ब्याटरहरू प्रभावकारी हुने उनको तर्क छ ।

प्रशिक्षक लले यो ।ृंखलालाई ‘जित्नै पर्ने’ दबाबका रूपमा भन्दा पनि खेलाडीको विकास र क्षमता पहिचानको अवसरका रूपमा लिएका छन् ।

भोलिबाट शुरु हुने खेलमार्फत नेपालले आफ्नो आगामी एकदिवसीय र टी–२० यात्राको नयाँ खाका तयार पार्ने लक्ष्य राखेको छ । नेपालले दुवै खेल फ्लड लाइटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा खेल्नेछ । उक्त खेल साँझ पाँच बजेदेखि शुरु हुनेछ । मुख्य प्रशिक्षक लले खेलाडीहरूलाई नतिजाको चिन्ता नगरी खेलको आनन्द लिन सुझाव दिएका छन् ।

टि ट्वान्टीपछि नेपालले आइसिसी लिग–२ को त्रिकोणात्मक श्रृंखला खेल्नेछ । जहाँ नेपाली टोली आठ राष्ट्र रहेको लिग–२ को अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

यो श्रृंखलामा जित्नैपर्ने दबाबभन्दा पनि खेलाडीहरूको क्षमता निखार्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव दिलाउने अवसरको रूपमा प्रशिक्षक स्टुआर्टले हेरेका छन् । –न्युज एजेन्सी नेपाल