७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु
अ+ अ-

इलाम। जिल्लाको सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ । अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइएको हो ।

रचनात्मक लेखन, प्रस्तुतीकरण र आलोचनात्मक विश्लेषणका सन्दर्भमा नियमित दुई वर्ष कक्षा सञ्चालन गरिने सूर्योदय-५ का वडाध्यक्ष उर्गेन बम्जनले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी र शिक्षकको पठन सीप सुधार गर्ने उद्देश्यले पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा अभियान सुरु गरिएको हो ।

“हामी एक साताको लक्ष्य लिएर प्रत्येक विद्यार्थीलाई कति सहभागी गराउन सकिन्छ सोही अनुसार अगाडि बढ्ने योजना बनाउँछौँ”, वडाध्यक्ष बम्जनले भन्नुभयो, “पहिलो चरणमा कक्षा ७ सम्मका बच्चालाई सहभागी गराइएको छ ।”

अभियानका सहजकर्ता पाइला फाउण्डेसन नेपालका नरेन्द्र नगरकोटीले पठन संस्कृतिलाई आत्मसाथ नगर्दा हाम्रो रचनात्मक क्षमता हराउँदै गएको बताउनुभयो । “बालबच्चाले पुस्तक पढ्ने की नपढ्ने भन्ने कुरा घर, विद्यालय, प्रविधि र समाजले प्रभाव पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “अभिभावकले किताब पढ्ने बानी नदेखाए बालबालिकाले त्यसलाई महत्व दिन सक्दैन ।”

डिजिटल आकर्षणको प्रभावले पुस्तक अध्ययन गर्ने बानी हराउँदै गएपछि नगरपालिकाले यस वडाबाट अभियान सुरु गरेको कार्यवहाक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । “मोबाइलमा खेलिने खेल, भिडियो र सामाजिक सञ्जालले तुरुन्तै रमाइलो दिँदो रहेछ”, उहाँले भन्नुभयो, “किताबले ध्यान र समय माग्ने भएकाले बच्चाहरू सजिलै डिजिटलतिर तानिएका छन् । यसको सकारात्मक कम नकारात्मक उपयोग बढी हुन थालेको छ । यो अभियान पालिकाभरि सञ्चालन गर्नेबारे छलफल गर्छौँ ।”

पठन संस्कृति जबरजस्ती नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले यो आकर्षणबाट सुरु हुने धारणा राख्नुभयो । पठन संस्कृतिको विकासका लागि विद्यार्थी मात्रै नभई शिक्षक र अभिभावक जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।

“अभ्यास र आकर्षणले पढ्ने बानी सम्भव छ । विद्यालयमा पाठ्यपुस्तकमा सीमित रहेर अध्यापन गराइयो भने अतिरिक्त पठनप्रति रुची हुँदैन”, उहाँले भन्नुभयो । रासस