११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठक सुरु , यी हुन् छलफलका एजेण्डा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठक सुरु भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने एजेण्डा तय भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार  केन्द्रीय समिति बैठकका लागि नौबुँदे प्रस्तावित कार्यसूची तयार भएको छ । जसमा पार्टी गतिविधि व्रिफिङ , केन्द्रीय सदस्यहरुको रिपोर्टिङ ,केन्द्रीय समिति पदाधिकारी मनोनयन , महाधिवेशन कार्यविधि मस्यौदा , विधान संशोधन ,स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने ,सचिवालयका निर्णय अनुमोदनका बारेमा छलफल हुने छ ।

यसैगरी विविधमा, विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार , विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने छ ।