१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’
अ अ+ अ-

काठमाडौं । असन बजार यतिबेला नयाँ प्रयोग र बहसको केन्द्र बनेको छ। काठमाडौं महानगरपालिका ले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारीमुक्त’ बनाउने निर्णय कार्यान्वयनमा ल्याएपछि यहाँका डबली र गल्लीहरूमा यसको प्रभावबारे मिश्रित प्रतिक्रिया देखिन थालेको छ।

वैशाख ५ गतेदेखि लागू गरिएको यो निर्णयले असनको सांस्कृतिक पहिचान जोगाउने प्रयासका रूपमा लिइए पनि स्थानीय व्यवसायीहरू भने आर्थिक पक्षलाई लिएर चिन्तित देखिएका छन्। नुनदेखि सुनसम्म पाइने, इतिहास र वर्तमान जोड्ने असन बजारमा बालबालिकादेखि वृद्धवृद्धासम्मको भावनात्मक सम्बन्ध जोडिएको छ।

काभ्रेपलाञ्चोकबाट आएर असनमा पसल सञ्चालन गर्दै आएका व्यवसायी अशोक आचार्यका लागि ‘भेइकल फ्रि’ शनिवार आर्थिक रूपमा भारी परेको छ। उनी भन्छन्, “सांस्कृतिक हिसाबले राम्रो होला, तर हामीलाई घरबेटीले छुट दिँदैनन्। दिनको १५–२० हजार खर्च हुने ठाउँमा महिनाको चार शनिवार बन्द हुँदा करिब ८० हजार रुपैयाँ घाटा हुन्छ।” उनका अनुसार हप्तैपिच्छे यस्तो कार्यक्रम गर्दा यसको प्रभावकारिता पनि घट्दै गएको छ। “महिनामा एक पटक मात्रै गरिएको भए राम्रो हुन्थ्यो,” उनी थप्छन्।

तर अर्का व्यवसायी सीताराम तिमल्सिना भने यसलाई सकारात्मक रूपमा लिन्छन्। उनका अनुसार सवारीमुक्त शनिवारले असनको कला, संस्कृति र खानपिनको प्रचारमा टेवा पुगेको छ। “अलिअलि असर त पर्छ, तर राम्रो कुरा हो। हप्तामा एक दिन गाडी नहुँदैमा व्यापार डुब्छ जस्तो लाग्दैन,” उनले बताए।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले यस अभियानलाई दीर्घकालीन दृष्टिकोणसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। उनका अनुसार असनलाई ‘लिभिङ म्युजियम’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो।

“शहर गाडीका लागि मात्र होइन, पैदल यात्रुका लागि पनि हो,” उनले भनिन्, “बालबालिकाले निर्धक्क खेल्न पाऊन्, मानिसहरूले सहज रूपमा हिँड्न पाऊन् भन्ने उद्देश्य हो।” उनले असन क्षेत्रका मन्दिर तथा बहा–बहीहरूको महत्व सवारीको चापले ओझेलमा परेको स्वीकार गर्दै शनिवारलाई ‘असन महसुस गर्ने दिन’ का रूपमा परिभाषित गरिन्।

महानगरले असन क्षेत्रको म्यापिङ तथा जानकारीमूलक ‘इन्भेन्ट्री’ तयार गर्ने योजना पनि अघि बढाएको जनाएको छ। साथै, हाल २५ र २७ नम्बर वडाबाट सुरु गरिएको यो अभियान क्रमशः अन्य कोर क्षेत्रका वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ।

यद्यपि, एकातिर व्यवसायीहरूको आर्थिक चिन्ता र अर्कोतर्फ महानगरको सांस्कृतिक पुनर्जागरणको योजना बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण देखिएको छ। कसैका लागि यो फुर्सदिलो, संस्कृतिमय शनिवार हो भने कसैका लागि व्यापारिक घाटाको कारण बनेको छ।

असनको ‘सवारीमुक्त शनिवार’ प्रयोगले अन्ततः कस्तो परिणाम दिन्छ भन्ने आगामी समयले देखाउनेछ। तर यतिखेर भने असन केवल बजार मात्र नभई बहसको केन्द्र बनेको छ।