७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैनः मचाडो

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैनः मचाडो
अ+ अ-

मड्रिड, स्पेन। गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार उपहार दिएकोमा आफूलाई कुनै पछुतो नभएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “भेनेजुयलाको स्वतन्त्रताका लागि आफ्नो देशको ज्यान जोखिममा पार्ने विश्वमा एक नेता र राष्ट्रप्रमुख हुनुहुन्छ। भेनेजुयलामा प्रजातन्त्र स्थापनाका लागि उहाँको प्रतिवद्धताका लागि आफूलाई प्राप्त पुरस्कार उपहार दिएकोेमा मलाई पश्चाताप हुने कुनै कुरा नै छैन ।”

माचाडोले भन्नुभयो, “अमेरिकी लागूपदार्थको आरोपमा न्यूयोर्कमा हिरासतमा रहेका मदुरोलाई पदच्युत गर्न गरेको ट्रम्पको सैन्य अभियान ‘हामी भेनेजुएलीहरूले कहिल्यै बिर्सने छैनौँ’।”

उहाँले भन्नुभयो, “त्यसैले ट्रम्पलाई नोबेल पदक उपहार दिएकोमा मलाई कुनै पछुतो छैन ।”

मचाडोले अमेरिकी सेनालाई काराकासमा आक्रमण गर्न र भेनेजुएलाका नेता निकोलस मदुरोलाई पदच्युत गर्न आदेश दिएको दुई हप्तापछि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटमा उहाँले आफूलाई प्राप्त भएको नोबेल पुरस्कारको उपाधि अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको घोषणा गर्नुभएको थियो ।

यद्यपि, नोबेल शान्ति पुरस्कार चयन समितिले नोबेल पुरस्कारको उपाधि पुरस्कृत व्यक्तिबाहेक अर्कोलाई दिने प्रावधान नभएको बताएको थियो ।

माचाडोले सन् २०२५ को नोबेल पदक ट्रम्पलाई उपहार दिएपछि शान्ति पुरस्कार प्रदान गर्ने नर्वेली नोबेल समितिले भनेको थियो, “यसले प्रदान गर्ने वास्तविक सम्मान ‘खारेज गर्न वा बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिदैन’।”

लामो समयदेखि नोबेल शान्ति पुरस्कारको लागि आकाङ्क्षा देखाउनुभएका ट्रम्पले फेब्रुअरीको अन्त्यमा इजरायलसँगको संयुक्त अगुवाईमा इरानमाथि हवाई आक्रमण गरेका कारण मध्यपूर्व युद्धमा आलोचित हुनुभएको छ ।

ओस्लोमा नोबेल पुरस्कार लिन गत डिसेम्बरमा भेनेजुएला छाड्नुअघि लुकेर बसेकी माचाडोले वासिङ्टनसँगको समन्वयमा स्वदेश फर्कने योजना बनाइरहनुभएको छ ।

“म अमेरिकी सरकारसँग कुरा गरिरहेकी छु र हामी आपसी सम्मान र समझदारीका साथ समन्वयमा काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले भेनेजुएलामा ‘लोकतान्त्रिक सङ्क्रमणलाई अगाडि बढाउनका लागि वासिङ्टन’ महत्वपूर्ण रहेको बताउनुभयो । भेनेजुएलाका विपक्षीहरूले गत हप्ता राष्ट्रपतीय निर्वाचनको आह्वान गरेका थिए।

भविष्यमा हुने निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा नबताएकी मचाडोलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो । (रासस/एएफपी)