७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
अ+ अ-

काठमाडौँ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने भएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीले सो जानकारी दिएको हो । गुठीका प्रवन्धक मिथुन चाङ्बा भोटेका अनुसार कार्यक्रम बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामना गर्दै पूजा आराधना गरी शुरु हुनेछ । उहाँले पूजा सम्पन्न भइसकेपछि ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनमा राखिने जानकारी दिनुभयो ।

यही वैशाख १८ गते पर्ने जयन्तीको दिन उक्त अवसरमा काश्य बुद्धसँग सम्बन्धित अस्तु तथा स्वयम्भूनाथ स्तूपसँग जोडिएका धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिने प्रबन्धक भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजेदेखि स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम गरिनेछ । कार्यक्रमको उद्घाटन शान्तिको प्रतीक परेवाको जोडी उडाएर तथा दीप प्रज्वलन गरी गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्षको बुद्ध जयन्ती बैशाखको १८ गते परेको छ । बौद्ध घ्याङ गुठीको आफ्नै बौद्ध घ्याङ गुम्बा छ । जयन्तीको दिन बिहान ७ बजेदेखि हामी आफ्नै गुठीमा विश्व शान्तिको नाममा पुजा गर्छौँ । बिहान ९ बजेदेखि हामी ऐतिहासिक सिद्धार्थ गौतम बुद्धको पौराणिक र पुरातात्विक मुर्तिमा  ८४ लाख देवी देवताले पनि बौद्ध शास्त्र अनुसारको ८४ लाख देवी देवताले चै समद्घाटन गर्नु भएको काश्य बुद्धको आस्तु र स्वयंभुको आस्तोलाई दर्शनादीहरुको दर्शनको लागि बौद्ध तथा मेलमजी घ्याङगुठीको गुम्बामा प्रदर्शनमा राखिनेछ ।

त्यसपछि दिउँसो १ बजेदेखि हामी स्वदेशी तथा विदेशी पाहुनाहरुको उपस्थितिमा औपचारिक कार्यक्रम शुरु गर्छौँ । कार्यक्रमको उद्घाटन शान्तीका प्रतिक परेवाको जोडिलाई आकाशतिर उडाएर दीप प्रज्वलन गरी उद्घाटटन गर्छौँ । कार्यक्रम समापन भइसकेपछि बौद्ध मन्दिर परिसरमा ऐतिहासिक बुद्धको मर्तिलाई विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र विदेशी प्रतिनिधिहरुको उपस्थितिमा दाया तर्फबाट परिक्रमा गरेर एकचोटी परिक्रम गराएर कार्यक्रम समापन गर्छौँ ।’

कार्यक्रम समापनपछि बौद्ध मन्दिर परिसरमा ऐतिहासिक बुद्ध मूर्तिको विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विदेशी पाहुनाहरूको सहभागितामा परिक्रमा गराई कार्यक्रम समापन गरिने गुठीले जनाएको छ । –न्युज एजेन्सी नेपाल