८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसला स्वीकार्छौं, अब पार्टी एकताको जिम्मेवारी गगन थापाको काँधमाः मिन विश्वकर्मा



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतले नेपाली काँग्रेसको आधिकारिता गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहलाई दिने फैसला गरेपछि पार्टीभित्रको राजनीति नयाँ मोडमा पुगेको छ ।

नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले सर्वोच्चको फैसलालाई आफूहरूले स्वीकार गर्ने र अब पार्टी एकता कायम राख्ने जिम्मेवारी नयाँ सभापति गगन थापाको काँधमा आएको बताउनुभएको हो ।

शुक्रवार सर्वोच्चको फैसला आएपछि शनिवार काठमाडौंको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निःवर्तमान पदाधिकारी र केन्द्रिय सदस्यहरूको अनौपचारिक भेटघाट भएको थियो । सो भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता विश्वकर्माले उक्त भेटघाट केवल अनौपचारिक छलफल र परामर्शका लागि राखिएको जानकारी दिनुभयो ।

नेता विश्वकर्माले पार्टीभित्रको कानूनी विवाद अन्त्य भएसँगै अब सबैले मिलेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अदालतको फैसलामा प्राविधिक वा आधारभुत विषयमा केही असहमति रहे पनि नेपाली काँग्रेस कानूनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसलालाई स्वीकार गर्ने उहाँको भनाइ छ । नेता विमलेन्द्र निधीले पनि फैसला नमान्ने नभई फैसलाको आधारमा रहेका केही विरोधाभासपूर्ण विषयहरूमा मात्रै प्रश्न उठाएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतको फैसला आएपछि अब पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्ने बारेमा हामीले परामर्श गरेका छौँ । यो कुनै आधिकारिक बैठक होइन, अनौपचारिक भेटघाट हो । पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ । अब उहाँले नै पार्टीलाई कसरी एकतावद्ध बनाउने, कसरी ठूलो बनाउने र सबैलाई समेटेर एक ढिक्का हुने वातावरण सिर्जना गर्ने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ ।’

उहाँले सर्वोच्चको फैसलापछि अब पार्टीको नेतृत्व विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको हातमा पुगेको उल्लेख गर्दै यसको राजनीतिक स्वामित्व पनि अब उहाँले नै लिनुपर्ने बताउनु भयो ।उहाँले पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको सुझाव र परामर्श लिएर अघि बढ्ने र यसका लागि केही समय लाग्ने बताउनु भयो । यसअघि दुवै पक्षले आ–आफ्ना गतिविधिहरूलाई तिब्रता दिए पनि अब अदालतको फैसला आइसकेपछि कानूनी विवादको पाटोसमेत टुङ्गिएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल