७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन
अ+ अ-

पर्वत।  पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर बायो कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका छन् ।

उद्योगले गत बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । खोलाखेत गाउँका नौ जना स्थानीयले सामूहिक रूपमा रु १५ लाख लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु भएको हो ।

गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोष्ट मलका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्पादित मलको सराङकोट दाजुभाइ एग्रो फर्म प्रालिमार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । जैविक बायो कम्पोष्ट मलमा पर्याप्तमात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पाइने समितिका अध्यक्ष जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्दछौँ ।”

उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उहाँले बताउनुभयो । मलको प्रतिकेजी रु ४० मूल्य निर्धारण गरिएको छ । स्याउ र सुन्तलाखेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उहाँको भनाइ छ ।

जैविकखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन् । कृषि उत्पादन वृद्धि माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बायो कम्पोष्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिनुभयो ।

जैविक कम्पोष्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस, पात, गोबर, कृषि अवशेष लगायतबाट तयार पारिएको हो । यस मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने, बिरुवाको वृद्धि राम्रो बनाउने तथा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रशोधन गरेर तयार पारिएको मललाई दुई केजीका दरले प्लाष्टिक प्याकेटमा प्याकिङ गरेर बजारमा पु¥याइने उत्पादकले जनाएका छन् । उक्त मल फलफूल, तरकारी, अन्नबाली तथा बगैँचामा प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।

जैविक मल प्रयोगले उत्पादन लागत घट्ने, माटोको दीर्घकालीन उर्वराशक्ति कायम रहने र वातावरणीय प्रभाव कम हुने उत्पादकको भनाइ छ । साथै स्थानीयस्तरमै उत्पादन भएको मल प्रयोग गर्न कृषकलाई आग्रह गरिएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष जिसीले बताउनुभयो । स्थानीय कृषकले पनि स्थानीयस्तरमै उत्पादन भएको जैविक मल उपलब्ध भएपछि खेती गर्न सहज हुने अपेक्षा गरेका छन् । रासस