१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण



अ+ अ-

काठमाडौँ। लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ ।

लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा, समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले लोकार्पण गर्नुभएको हो ।

नाट्यकर्मी मल्लले हरेक कृति र कलाको महत्व हुने बताउँदै कृतिकार अधिकारीको लेखनीले साहित्यिक क्षेत्रमा नयाँ इँटा थपिएको बताउनुभयो ।

साहित्यकार ‘रोदन’ले समसामयिक घटना र समाजलाई बुझ्ने सन्दर्भमा कृतिकार अधिकारीमा दूरदृष्टि पाइएको बताउनुभयो ।

समाजका अध्यक्ष कोइरालाले लघुकथाका क्षेत्रमा नारी हस्ताक्षरको सङ्ख्या क्रमशः बढ्नु सकारात्मक रहेको बताउनुभयो । कथाकार अधिकारीले आफूले देखे–भोगेका यथार्थ विषयवस्तुलाई मनको आवाज र हृदयको सन्देशका माध्यमबाट किताबमा उतारेको अनुभव सुनाउनुभयो । रासस