१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु



अ+ अ-

तम्घास। धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ ।

आजदेखि अस्पतालमा दन्त सेवा सुरु भएको हो । दाँत फाल्ने, सफा गर्ने र औषधि प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।

औषधि र दाँत फाल्ने सेवा स्वास्थ्य बिमामा समावेश गरिएको छ । आज गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनील गैरेले सेवा प्रदान गरे । अर्को महिनाबाट दाँतसम्बन्धी विशेषज्ञ डाक्टरले सेवा दिनेछन् ।

दाँतसम्बन्धी उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ । अस्पतालमा पछिल्लो समय सेवासुविधा थपिँदै गएका छन् ।

चार महिना अगाडिबाट अस्पतालमा आँखासम्बन्धी सेवा पनि थप गरिएको छ । ग्रामीण भेगका गरिब एवं विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुरु गरेको पालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।

“संविधानमा सबै नागरिकको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारकोतर्फबाट क्रमशः त्यसैलाई पूरा गर्दैछौँ ।”  रासस