३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ‘क्यान्सर कन्फ्रेन्स’



अ+ अ-

काठमाडाैँ । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन देशका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ‘पाँचौ क्यान्सर कन्फ्रेन्स’ आयोजना गरिएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको एक दिवसीय ‘कन्फ्रेन्स’मा नेपाल, भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिए।

त्यस क्रममा क्यान्सर उपचारको नवीनतम प्रविधि, औषधि र उपचार प्रक्रियाबारे छलफल हुनुका साथै भारतका दुई र चीनका एकसहित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको उनले बताए ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार पाँच वर्ष अघिबाट हरेक वर्ष अस्पतालले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पताल स्थापना दिवस (असोज १०) का अवसरमा आयोजना हुने यो कार्यक्रम यस वर्ष जेनजी आन्दोलनका कारण ढिला भएको उनले बताए । कार्यक्रममा नेपालका विभिन्न अस्पतालबाट समेत गरी विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत दुई सय जनाको सहभागिता रहेको जनाइएको छ ।