१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व सङ्कलन
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ रु ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उनले जानकारी दिए ।

सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको छैन् ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा रु ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयको गत आव २०८१/८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।