३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाज सम्मेलनः स्त्रीरोगका बारेमा छलफल



अ+ अ-

काठमाडौं । नेपाल प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाजको १५औँ सम्मेलन काठमाडौँमा जारी छ । सम्मेलनमा देश तथा विदेशमा पाँच सयभन्दा बढी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहभागी भएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री डा सुधा शर्माले सम्मेलनबाट आएका निष्कर्षले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने बताए  ।

समाजका अध्यक्ष प्राडा पदमराज पन्तले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञहरूलाई स्वागत गर्दै प्रसूति तथा स्त्रीरोगका बारेमा विभिन्न देशमा गरिएका खोज, अनुसन्धान तथा उपचारसम्बन्धी ज्ञानको दायरालाई फराकिलो पार्ने विश्वास व्यक्त गरे ।

समाजका पूर्वअध्यक्ष डा धनबहादुर रानामगरले सम्मेलनमा प्रसूति रोगसँग सम्बन्धित उपचार पद्धति, यसका बारेमा अध्ययन अनुसन्धानका निस्कर्षहरूलाई साझा गर्ने तथा समस्या पहिचान गरी समाधनका उपाय खोज्ने अवसरका रूपमा लिइएको बताए । सम्मेलनमा प्रसुति तथा स्त्रीरोगसम्बन्धी २०० जना वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेका  छन् ।