१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

स्थानिय निर्वाचन : काँग्रेस त बोरामा पैसा बोकेर आउँछ, उनीहरुको चरित्र पनि त्यस्तै हो : झलनाथ खनाल

स्थानिय निर्वाचन : काँग्रेस त बोरामा पैसा बोकेर आउँछ, उनीहरुको चरित्र पनि त्यस्तै हो : झलनाथ खनाल
अ अ+ अ-

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाउनु भएको छ । 

शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनु भएको हो । उहाँले नेपाली काँग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाउनु भयो । सम्मानित नेता खनालले नेपाली काँग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनु भयो ।

उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गर्नुभयो । सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा काँग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही काँग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही को होइन । तर कतिपय काँग्रेस, खासगरी प्रधानमन्त्रीजी होइन, हामी एकतावद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ । काँग्रेसभित्र दुई धार प्रस्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । अर्को इलेक्शनमा हामी पक्का जित्छौँ । हामीले जित्ने हिसावले जानुपर्छ । तर अरु बोरामा पैसा लिएर आउँछन्, केपी ओली पनि बोरामा पैसा लिएर जान्छन् । काँग्रेसका एकता नचाहने मान्छेहरुले बैठक गरे, उनीहरुले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने ।

उनीहरुले त्यही ढंगले प्रयत्न गर्दछन् । एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो । यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ । हामीले समातेर जेल हाल्न त सकेका छैनौँ । बिस्तारै होला । तर हाम्रो पार्टी भनेको सर्वहारा वर्गको हो । हामी बोरमा पैसा होइन, खल्तीमा पैसा लिएर पनि हिँड्न सक्दैनौँ । विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले गर्न सक्ने कुरा हामी गर्नेछौँ ।’

सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढीरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताउनु भयो । उहाँले देशमा निर्वाचनहरु सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गर्नुभयो । सम्मानित नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार,समाप्त नभएको दाबी गर्नुभयो ।