३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीमा घर्ती मगरले दिलाईन उसुमा नेपाललाई थप एक स्वर्ण



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले स्वर्ण पदक जितेको छ । नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् नीमा घर्तीमगरले । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगाएको छ । खेलमा नेपाललाई स्वर्ण मिल्दा बंगलादेशलाई दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो पदक मिलेको छ ।

विश्वबुद्ध मगर र मीनाले घलानले जिते रजत: सागअन्तर्गत आज (बिहीबार) बिहान उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक पनि जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन् । यसैगरी उसुको ताइती छ्वाङमा नेपालकी मीनाले घलानले रजत पदक जितेकी छन् ।