३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी जनरलद्वारा विश्वभरका इरानी झण्डावाहक जहाजहरू खोज्ने चेतावनी



अ+ अ-

काठमाडौँ। पेन्टागनमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष ड्यान केनले बिहीवार चेतावनी दिनुभएको छ कि विश्वभर तैनाथ अमेरिकी सैनिकहरूले इरानी झण्डावाहक जहाज वा इरानलाई भौतिक सहयोग पुर्याउन खोज्ने कुनै पनि जहाजलाई सक्रिय रूपमा खोज्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी नौसेनाले आगामी सोमवारदेखि इरानी बन्दरगाहहरूमा जाने वा त्यहाँबाट प्रस्थान गर्ने सबै जहाजहरूमाथि नाकाबन्दीको घोषणा गरेको छ ।

इस्लामावादमा भएको अमेरिका र इरानबीचको वार्तामा कुनै सम्झौता हुन नसकेपछि यो कडा कदम चालिएको हो । जनरल केनकाअनुसार यो नाकाबन्दी इरानको क्षेत्रीय समुन्द्र र अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागू हुनेछ ।

सामुन्द्रिक सुरक्षा प्रवद्र्धनका लागि १० हजार भन्दा बढी अमेरिकी नाविकहरू, म्यारिन्स र वायुसेनाका कर्मचारीहरू परिचालन गरिएका छन्, जसलाई १२ ओटा युद्धपोत र दर्जनौं विमानहरूले सहयोग गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको अमेरिकी–इजरायली युद्ध अन्त्यको नजिक रहेको बताउनुभएको थियो । यद्यपि उहाँले अझै पनि कुनै स्पष्ट समयरेखा दिनुभएको छैन । हाल दुई हप्ताको युद्धविराम जारी छ जुन अर्को हप्ता समाप्त हुनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल