१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्यवृद्धिले यातायात व्यवसायी मारमाः भाडा समायोजन गर्न माग



अ+ अ-

काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गर्नुभएको हो ।

“नेपाल आयल नियमले पटकपटक गरी डिजेल÷पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएकाले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले विषम परिस्थितिको मूल्याङ्कन गर्दै देशभरि सेवा सञ्चालन गर्ने महासङ्घ सदस्यले पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न व्यवसायी, व्यवसायीबीच सहकार्य गरी नेपाल सरकारबाट तोकिएको भाडा लिइ अस्वस्थ प्रतिस्पर्धा नगरी रुट मिलाएर दैनिक यात्रुको चापका आधारमा मात्र सेवा सञ्चालन गर्न अनुरोधसमेत गरेको छ ।

महासचिव गौतमले नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटकपटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गरेको छ ।  रासस




भर्खरै