८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगरमा गैँडाको खाग



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताउनुभयो । सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिनुभयो ।

दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उहाँले त्यही गैँडाको खाग हुनसक्ने अनुमान गरिएको बताउनुभयो । बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो ।