९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगरमा गैँडाको खाग



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताउनुभयो । सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिनुभयो ।

दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उहाँले त्यही गैँडाको खाग हुनसक्ने अनुमान गरिएको बताउनुभयो । बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो ।