७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’
अ+ अ-

पेरिस। तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ। हर्मुज भएर हसने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।

इरान सामान्यतया कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहित सुख्खा थोकजस्ता वस्तुहरूको पाँचौं ठूलो निर्यातकर्ता हो।

हर्मुज भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तिमा ९६ प्रतिशतले घटेको छ।

इरानको ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानको सेनाले हर्मुज घाँटीलाई अवरुद्ध गरेको थियो। त्यसबेलादेखि इरानले अन्य मुलुक सम्वद्ध अत्यधिक न्यून जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ।

विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा सामान्यतया हर्मुज घाँटी हुँदै जान्छ तर युद्धपछि तेहरानले यसलाई अस्तव्यस्त बनाउँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता बढाएको छ । विशेष गरी एसियाली देशहरू हालैका हप्ताहरूमा प्रभावित भएका छन्।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दीले पछिल्ला दिनहरूमा इरानी सेनाले ठप्प पारेको व्यापार मार्गको आवागमनमा थप प्रभाव पारेको देखिन्छ।

बहराइन र कुवेतले मार्चमा हर्मुज घाँटी भएर कुनै पनि सामान पठाएनन्। सामान्यतया एक प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्यूटेन’ र ‘प्रोपेन’ निर्यात गर्यो तर यो कुनै एलएनजी थिएन।

गत महिना ‘स्ट्रेट अफ हर्मुज’ मार्फत पार भएको कच्चा तेलमा इरानको निर्यातको ८१ प्रतिशत रहेको थियो, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म औसतमा ६२ प्रतिशत थियो। (रासस/एएफपी)