१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जात्रामय बन्यो टोखा



अ+ अ-

काठमाडौँ। धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय बनेको छ । सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको ऐतिहासिक विस्काः नख (जात्रा) लाई टोखाको विशेष पर्वका रूपमा लिने गरिन्छ ।

जात्राको तेस्रो दिन आज बिहान ७ः०० बजे तपलाक्षीः बाट सिन्दूरजात्रा गरी देवता उठाएर बजार परिक्रमा गरिएको छ । बिहान ११ः०० बजे हासल टोलमा सबै रथ बिसाइएको र दिउँसो ३ः०० बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा लगेर चोख्याइएको छ ।

उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रमा गरी कोनेलाक्षीमा लगिएको छ । आज राति भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहिआएको छ । मौलिक बाजागाजाको मौलिक धुन, सद्भाव र उल्लासका साथ सङ्गीतमय वातावरणमा यस जात्रालाई मनाइएको छ ।

यसबाहेक टोखाकै धापासीमा समेत आज जात्रा मनाइएको छ । भक्तपुरको ठिमी जस्तै हुने यो जात्रालाई काठमाडौँको विस्काः जात्राका रुपमा लिने गरिन्छ । यस वर्ष टोखामा विस्का जात्रा मनाउने सङ्ख्या बढेको छ । रासस




भर्खरै