७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

श्रम मन्त्रालयद्वारा औद्योगिक व्यावसायिक प्रतिष्ठान अनुगमन

श्रम मन्त्रालयद्वारा औद्योगिक व्यावसायिक प्रतिष्ठान अनुगमन
अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज २९ औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको छ ।

मन्त्रालयअन्तर्गतका श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले आज अनुगमन गरेको हो । मन्त्रालयले विज्ञप्ती प्रकाशन गरि २९ औद्योगिक एवम् व्यवसायिक प्रतिष्ठानको अनुगमन सम्पन्न गरिएको जानकारी दिएको छ ।

मातहत कार्यालयबाट २२ वटा तथा विभागबाट गठन भएका ३ टोलीबाट ७ वटा (विभागबाट सरकारी तथा निजी अस्पतालहरुलाई प्राथमिकतामा राखी अनुगमन गरिएको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानहरुमा श्रम ऐन तथा नियमावली र प्रचलित कानूनको पालना भए नभएको सम्बन्धमा अनुगमन गरिएको थियो ।

यसै क्रममा विशेषगरी नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनको अवस्था, व्यवसायिक सुरक्षा तथा स्वास्थ्यको अवस्था, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आवद्धताको अवस्था, नियमित श्रम अडिट भए, नभएको अवस्था लगायत निरीक्षण सम्पन्न गरिएको हो ।

आज गरिएको अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम अडिट नभएको, सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको लगायत समस्या पहिचान भएको हुँदा त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानूनको परिपालना गरी तत्काल सुधार गर्न निर्देशन समेत निर्देशन दिइएको छ । रासस