१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा रुखमा अड्किएका व्यक्तिको सकुशल उद्धार



अ+ अ-

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किनुभएको थियो ।

रुखमा अड्केर घाइते हुनुभएपछि तल झर्न नसकी करिब ३५ मिटर उचाइमा रहेको रुखको बीच भागमा उहाँ अड्किनुभएको थियो । घटनाकाबारेमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरीचौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक निरीक्षक झरेन्द्र बस्नेतको नेतृत्वमा तीन जनाको टोली घटनास्थल खटिएको थियो ।

घाइतेको थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले रस्सी रुखमा बाँधेर सोही रस्सीको सहायताले रुखमा चढेरे आज दिउँसो घाइते कुमालको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारका क्रममा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो ।

उद्धारपछि कुमाललाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याइको छ । उहाँको कम्मरमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस




भर्खरै