१९ श्रावण २०८३, मंगलवार
,
Latest
राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली रिहा भएपछि एमालेले फिर्ता लिदै आन्दोलनका कार्यक्रम



अ+ अ-

काठमाडौं । नेकपा एमालेले वैशाख १२ गते राजधानी काठमाडौंमा आयोजना गर्ने विरोध प्रर्दशन तथा सभाको कार्यक्रम स्थगन गरेको छ ।

१४ चैत गते अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि १८ चैत्रमा बसेको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको थियो । तर २६ चैतमा ओली अदालतको आदेशले हाजिरी जमानीमा रिहा भए पछि एमालेले सडक संघर्षका कार्यक्रमहरु स्थगन गरेको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको थियो । जसमा वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको थियो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

पक्राउ लगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएका ओलीले आफु पक्राउ पर्दा सडकमा शसक्त प्रदर्शन नगरेको भन्दै भेट्न जाने नेता तथा कार्यकर्ताहरुसंग तिब्र असन्तुष्टि जनाउनु भएको थियो । ओलीसंग अस्पतालमा भेटेका एक नेताले भन्नुभयो, उहाँमा कत्ति पनि चिन्ता देखिएन, न समयको बेगलाई बुझ्न सक्नुभयो न परिवर्तनको भावलाई नै । जसका कारण औपचारिक रुपमा उहाँको पक्राउको बिरोध गरेपनि कुनै पनि नेताले शसक्त प्रतिबाद गर्ने अवस्था रहेन । अदालतले हाजिर जमानीमा रिहा गरेपछि अब आन्दोलनको कुनै अर्थ छैन । त्यसैले स्थगित भयो ।