११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादनलाई प्रवर्द्धन गर्न आयातमा कडाई गर्नुपर्छः कृषिमन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि आयातमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

राष्ट्रिय फलफूल विकास केन्द्रद्वारा आयोजित १६औँ वागवानी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले केन्द्रीय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयात नियन्त्रण गर्ने स्पष्ट नीति लिनुपर्ने बताउनुभयो। पछिल्लो समय कृषि तथा पुष्प व्यवसाय घट्दो अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले विदेशी वस्तुको अत्यधिक आयातका कारण नेपाली किसान मारमा परेको धारणा राख्नुभयो।

उहाँका अनुसार प्रदेश सरकारले आयातमा कडाइका लागि संघीय सरकारसँग निरन्तर पहल गरिरहेको छ। नेपाली किसानको संरक्षणका लागि कडा नीति आवश्यक रहेको बताउँदै उहाँले कृषि तथा पुष्प व्यवसायको दिगो विकासका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

प्रदेश सरकारले आफ्नै स्तरबाट कृषि तथा पुष्प क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा यस क्षेत्रमा अनुसन्धान र विस्तारका कार्यक्रमलाई अझ सुदृढ बनाइने बताउनुभयो।

रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा कृषि र पुष्प व्यवसायलाई औंल्याउँदै उहाँले युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न देशभित्रै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “पुष्प तथा कृषि क्षेत्र रोजगारीको नयाँ सम्भावना बोकेको क्षेत्र हो,” उहाँले भन्नुभयो।

नेपालजस्तो जैविक विविधताले भरिपूर्ण देशले बीउ, अन्न तथा पुष्प उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्नसक्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताउनुभयो। पर्याप्त क्षमता हुँदाहुँदै पनि प्राथमिकता नदिइएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।