२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मुजमा अमेरिकी नाकाबन्दी, अमेरिकी सेनाले इरानी जहाज फर्कायो



अ+ अ-

अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलक्षेत्रबाट इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको छ ।

सोमवारदेखि अमेरिकी नाकाबन्दी सुरु भएयता अहिलेसम्म १० वटा जहाजलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले हर्मुज पार गर्न नसकेको कमाण्डले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले मंगलवार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

यो कदमबाट विश्व बजारमा इन्धनको मूल्य थप असन्तुलित र बृद्धि हुने देखिएको छ ।

यद्यपि, अर्को साता अमेरिका र इरान बिच वार्ता फेरि वार्ता हुने सम्भावना रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरूले बताएका छन् । एजेन्सी